नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले आइतबार धितोपत्र व्यावसायी र मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुकाबारे एक कार्यक्रम गरेको छ । सूदुरपश्चिम प्रदेशको धनगढीमा सम्बन्धि जानकारी मुलक कार्यक्रम भएको थियो ।
प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा संचालन गरिएको यस्तो कार्यक्रम निकट भविष्यमा देशको सातै प्रदेशमा संचालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका ईन्भेष्टमेन्ट बैंकिंग विभाग प्रमुख विकाशचन्द्र भण्डारीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुको बारेमा प्रकाश पारे ।
१२औं वर्ष पुरा गरी १३औं वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जानकारि दिनुभएको छ । ५० लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २६ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ ।
धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने नाफाहरु तथा यसबाट हुने जोखिमहरुको बारेमा जानकारी दिनु नै कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले बताएको छ ।