काठमाडौं । यूनिभर्सल पावर कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले आगामी पुस २९ गते कम्पनीको मुख्य कार्यालय त्रिपु्रेश्वरमा साधारणसभा बोलाएको हो ।
यस्तै सभामा लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु पारित गरिनेछ ।
कम्पनीले वार्षिक साधारण सभाका लागि पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।







