नेपाल टेलिकमले ४० प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत बिहीबार बसेको बैठकले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीलाई प्रतिकित्ता ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।

साथै कम्पनीले मन्त्रालयबाट स्वीकृति भएर आएपछि वार्षिक साधारणसभापछि सेयरधनीलाई वितरण गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *