यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडौं । सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा ८०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार तोलामा एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज तोलामा २० रुपैयाँले घटेर एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *