घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । निरन्तर नयाँ रेकर्ड कायम गरी रहेको सुनको मूल्य आज तोलामा २४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *