मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ  । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान १० बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले मङ्सिर ८ देखि मङ्सिर १२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बिक्री गरि बाँडफाँड सकेको छ। सर्वसाधारणलाई शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुंजी ७० करोड पुग्ने छ । आईपीओ पछि कम्पनी संस्थापक र सर्वसाधारण शेयरधनी  अनुपात ८० प्रतिशत र २० प्रतिशत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *