नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड

मुगु । नेपालगन्जबाट रारा विमान स्थलका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रारा बिमानस्थलमा ग्राउण्डेड भएको छ ।

नेपाल एयरलाइन्सको नाइन एनएबीयु कल साइन भएको विमान तीनजना यात्रु र चालक दल सहितको बिहान ११ बजे रारा विमानस्थल पुगेको थियो ।

त्यहाँबाट १३ जना यात्रु लिएर नेपालगन्ज उडान गर्न लाग्दा जहाजको ब्याट्रीमा समस्या भएपछि ग्राउण्डेड भएको हो । जहाजमा समस्या आएपछि तत्कालै तारा एयरलाइन्सको जहाजमा नेपालगन्जबाट इन्जिनियर झिकाएर जहाजको समस्या जाँच गरिउको थियो ।

त्यस क्रममा जहाजको ब्याट्रीमा समस्या देखिएकाले नेपालगन्जबाट ब्याट्री झिकाएपछि सोमबार नेपालगन्जका उडान हुने नेपाल एयरलाइन्स रारा विमानस्थलका नेत्र भामले जानकारी दिए । उक्त एयरलाइन्सबाट नेपालगन्ज जाने १३ जना यात्रुहरु ताल्चाको होटलमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *