नेपाल र यमनबीचको खेल पहिलो हाफ गोलरहित बराबरीमा

काठमाडाैं । फिफा विश्वकप छनोटको दोस्रो चरणको दोस्रो खेलको पहिलो हाफमा नेपाल र यमनले गोलरहित बराबरी खेलेका छन् ।

काठमाडौं स्थित दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले पहिलो हाफमा यमन विरुद्ध गोलरहित बराबरी खेलेको हो ।

खेलमा नेपालले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । छनोट दोस्रो चरणको पहिलो खेलमा नेपालले युएई विरुद्ध ४-० को हार बेहोरेको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *