सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं । साताको पहिलो कारोबारको दिन सुन स्थिर रहेको छ । गत शुक्रबार तोलामा २ हजार ३ सय रुपैयाँले बढेको सुन आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १५ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *