सोल्टी होटलको नोक्सानी घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमास २०८०/८१ मा सिटी होटलले नोक्सानी घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटलले ८ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

सिटी होटलको कुल आम्दानी भने ३२.०७ प्रतिशतले बढेर १० करोड ४ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १३ करोड २७ लाख रुपैयाँ पुगेको छ।

होटलका कुल खर्च १४.५९ प्रतिशतले बढेर ८ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कुल खर्च ७ करोड ५२ लाख रुपैयाँ थियो।

चुक्तापुँजी १ अर्ब ६७ रुपैयाँ रहेको होटलको अन्य इक्विटीमा २ लाख ८५ हजार रुपैयाँमात्रै रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा १९ करोड ६४ लाख रुपैयाँ थियो।

सिटी होटलको प्रतिसेयर आम्दानी (ईपीएस) ३.६० रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ५.४१ रुपैयाँले ऋणात्मक थियो। सिटी होटलको प्रतिसेयर नेटवर्थ १००.०१ रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *