आईएमई ग्रुपले भूकम्प प्रभावितलाई एक करोड पचास लाख दिने

काठमाडाैं । लाइफ इन्स्योरेन्स र आईएमई लिमिटेड लगायत आईएमई ग्रुपसँग सम्बन्धित कम्पनीहरूले आईएमई फाउन्डेसन मार्फत भूकम्पबाट प्रभावितहरूको लागि १ करोड ५० लाख नगद सहयोग रकम प्रदान गर्ने भएका छन् ।

जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने अईएमई ग्रुपले जनाएको छ ।

शुक्रवार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र बिन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिमलगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । सो क्षेत्रमा आईएमई ग्रुप तथा आईएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने जनाएको छ ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महाभूकम्प तथा महामारीका समयमा उद्धार, तत्काल राहत वितरणमा आईएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यससपटक पनि हर सम्भव सहयोगका लागि जुटेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *