आईसीसी टी–२० विश्वकप एसिया छनोट : हङकङमाथि बहराइनको सानदार जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई बहराइनले ५ बल अगावै १२६ रनमा अलआउट गरेको हो ।

बहराइनको जितपछि समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ । पहिलो खेलमा यूएईसँग पराजित बहराइनले पहिलो जित निकाल्दा कुवेतलाई पहिलो खेलमा हराएको हङकङले पहिलो हार व्यहोरेको छ ।

बहराइन र हङकङको दुई खेलबाट समान २/२ अंक छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *