नेरुडे र मिर्मिरे लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थालाई मर्जर जान नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ।

राष्ट्र बैंकले गत कात्तिक ३ गते पत्र पठाउँदै यी दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । यसअघि राष्ट्र बैंकले यो मर्जर प्रक्रियालाई सैद्धान्तिको थियो।

यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। दुवै लघुवित्तको गत वैशाख १० गते आयोजित विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृति गरिसकेको छ।

यी दुवै लघुवित्त १:१ सेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्। मर्जरपश्चात संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ र संस्थाको रजिस्र्टर्ड कार्यालय काभ्रेको बनेपामा तथा कर्पोरेट कार्यालय काठमाण्डौ उपत्यकाभित्र काठमाण्डौ र ललितपुर महानगरपालिकाबाहिर रहनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *