दशैंअघिको अन्तिम दिन घट्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ ।

यस दिन सेयर बजार मापक नेप्से परिसूचक ४.०५ अंकले ओरालो  लागेर बढेर १९०३.८४ को विन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१३ अंकले बढेर ३६७.११को विन्दुमा उक्लिएको छ । कारोबार रकम १ अर्ब मुनिको भएको छ।

आज दसैँको अन्तिम कारोबार पनि हो । अब सेयर बजार आउँदो कात्तिक १२ गतेमात्रै खुल्नेछ । आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा हरियाली छाएको छ भने ९ वटामा रातो पोतिएको छ ।

यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.३६ प्रतिशतले उकालो लागेको छ । लगानी समूह ०.१७ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.०९ प्रतिशत र अन्य समूहमा ०.०२ प्रतिशतको बढोत्तरी भएको छ ।

आज जलविद्युत समूह सर्वाधिक ०.९६ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ०.९० प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.२५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३२ प्रतिशत, जीवन बीमा समूहमा ०.३४ प्रतिशत, लघुवित्त समूहमा ०.३८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२८ अंक र व्यापार समूहमा ०.१६ अंकको गिरावट आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *