सानिमा बैंकको लाभांश आज पारित हुँदै

काठमाडौं । सानिमा बैंकको वार्षिक साधारणसभा आज बिहीबार बस्दैछ । बैंकको १९ औं साधारणसभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

बैंकको सभाले गत आर्थिक वर्षको लागि प्रस्तावित ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश पारित गर्नेछ ।

त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि रहेका छन् ।

साधारण सभा प्रयोजनार्थ सानिमा बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ । असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँनेछन् । साधारण सभाबाट अनुमोदन भएपछि लाभांश सेयरधनीको खातामा पाठाउने प्रक्रिया सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *