लगातार बढ्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको भाउ उभाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ६५० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *