एभरेष्ट बैंकको लाभांश साधारणसभाबाट पारित

काठमाडौं । एभरेष्ट बैंकको २९औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । मंगलबार सम्पन्न बैंकको २९औँ वार्षिक साधारणसभाले प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित गरेको छ ।

यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश पाउनेछन् ।

यस्तै सञ्चालक समितिको अध्यक्षको प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाबसहित सोही अवधिको नगद प्रवाहको विवरण पनि साधारणसभाले पारित गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *