लक्ष्मी सनराइज बैंकले ल्यायो ‘दसैं आयो’ योजना : मोबाइल मनि, डेबिट/क्रेडिट कार्ड प्रयोग गर्दा विशेष अफर !

काठमाडौं । नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी विभिन्न अफरहरूसहित लक्ष्मी सनराइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ । दसैँको उपलक्ष्यमा अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैकले जनाएको छ ।

असोज १८ देखि कार्तिक ३० गतेसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यास ब्याक प्राप्त गर्न सकिने छ । परम्परागत रूपमा दसैँमा गरिने गतिविधिहरुलाई थप उत्साह प्रदान गर्न सो योजना ल्याइएको हो ।

पहिलो अफर ‘घुम्न जाउँला’मा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः रु २५० र ५००को क्यासब्याक पाउन सकिने छ ।

यो अफर असोज १८गते देखि कात्तिक ९गतेसम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनिमार्फत टिकट काट्नुका साथै सो अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ ।

अर्को अफर ‘शपिङ्ग गरौँला’मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा रु १००० सम्मको क्यास ब्याक पाउन सकिनेछ । सो योजना असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म लागू रहनेछ ।

यसैगरी ‘खाउँला पिउँला’ योजनामा असोज २८गते देखि कात्तिक १२ गते सम्म फुडमान्डु एपबाट अर्डरगरी लक्ष्मी सन्राज बैंकको डेबिट– क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रतिदिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा रु २०० सम्म क्यास ब्याक पाउन सकिनेछ ।

यसै अफर अन्तर्गत केएफसी तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्डको ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति २० प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने छ।

त्यसै गरी, ‘रमाईलो गरौँला’अफर अन्तर्गत क्यूएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा लक्ष्मी सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५०० रुपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागू हुनेछ ।

र, क्यासब्याक अफरहरु बाहेक असोज २५ गतेदेखि कात्तिक २५ गतेसम्म विदेशबाट रेमिट्यान्स पठाउँदा ५०१ रुपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *