यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

आज लगातार दोस्रो चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको थियो। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *