मिर्मिरे लघुवित्तले पायो एफपीओ जारी गर्ने अनुमति

काठमाडाैं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई एफपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

सेबोनको अनुमतिसँगै अब मिर्मिरे लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याउनेछ।

मिर्मिरे लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *