सिटिजन लाइफ इन्स्योरेन्सको कतिमा भयो कारोबार ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार आज (बिहीबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ५०८ रुपैयाँमा कारोबार खुला भएको हो।

सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। कम्पनीको ‘सिएलआई’ संकेतमा सेयर कारोबार खुला भएको हो। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ३ करोड ७५ लाख कित्ता आइपिओ सूचीकृत भएको थियो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूसहित सर्वसाधारणका लागि निष्कासन गरेको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता सेयर गरी उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो।

कम्पनीले पहिलो कारोबारको लागि १७२ रुपैयाँ ४३ पैसादेखि ५१७ रुपैयाँ २९ पैसाको मूल्य रेञ्ज पाएको थियो।
सोही रेञ्जभित्र रहेर कम्पनीको पहिलो कारोबार खुला भएको हो।

नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ। यस अवधिसम्म कम्पनीको सेयर ८.४४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ४६५ रुपैयाँ १० पैसा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *