सुनको भाउमा गिरावट आउने क्रम जारी, प्रतितोला कति पुग्यो ?

काठमाडाैं । सुनको भाउ घट्नेक्रम जारी रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ। योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भने तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *