काठमाडाैं । सल्यानमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका ५, लेखपोखराबाट गरिपारे मेला हेरेर शारदा नगरपालिका १२, कागखोला आउँदै गरेको लु-१ज १८६१ नम्बरको जिप शुक्रबार बेलुकी करिब ५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
घाइतेहरूको जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
Artha Sanjal






