डाक्टरहरुको आन्दोलन आज पनि जारी (तस्बिरहरू)

काठमाडौं । कार्यस्थलमा सुरक्षाको ग्यारेन्टीको माग गर्दै डाक्टरहरू आज पनि सडकमा उत्रिएका छन् । सरकारले गरेको दुई बुँदे निर्णयप्रति असहमति जनाउँदै आज पनि माइतीघरको सडकमा उत्रिएर नाराबाजी गरेका छन् ।

मंगलबार गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, चिकित्सकका प्रतिनिधिसमेतको छलफलले २ बुँदे निर्णय गरेको थियो । तर, डाक्टरहरूले सहकर्मीमाथि कुटपिट गर्नेमाथि कारबाही नभएसम्म र निर्धक्कसाथ बिरामीको उपचार गर्न पाउने अवस्था नबनेसम्म आन्दोलन नरोक्ने अडान राखेका छन् ।

मंगलबारदेखि उनीहरू निरन्तर सडक आन्दाेलनमा छन् । आन्दाेलनलाई उनीहरूले आज पनि निरन्तरता दिएका छन् ।

तस्बिरहरू हेर्नुहाेस्:–

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *