काठमाडौं महानगर र अभियन्ता ईः बीच भयो यस्तो सहमति

काठमाडौं । काठमाडौं महानगरपालिका र आन्दोलनरत अभियन्ता ईः बीच सहमति भएको छ ।

बुधबार बेलुका भएको वार्तामा उनीहरुबीच चार बुँदे सहमति भएको हो ।

सहमतिपछि ईःपक्षले बेलुका ९ बजे पत्रकार सम्मेलनमार्फत सहमति भएको भन्दै आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोेषणा गरेको छ ।

सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ ।

त्यस्तै, महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ । समितिमा महानगर, अभियन्ताका प्रतिनिधि तथा सरकार प्रतिनिधि रहने उल्लेख छ । 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *