आईसीटी अवार्ड २०२३: छनौटमा को को परे ?

काठमाडौँ । इन्फर्मेसन एण्ड कम्युनिकेसन टेक्नोलोजी (आईसीटी) अवार्ड २०२३ को छनौट प्रक्रिया अन्तर्गत दोस्रो चरणमा उत्कृष्ट १२ सार्वजनिक भएका हुन् ।

अवार्डको छनौटमा उत्कृष्ट १२ स्टार्टअप, उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसन र उत्कृष्ट १४ प्रडक्टहरू सार्वजनिक भएका छन् । विधा ए अन्तर्गत स्टार्टअप, प्रडक्ट र राइजिंग स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ को छनौट प्रक्रिया जारी छ ।

उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजिज प्रालि, भोजमाण्डु फुड प्रालि, दियो एआई टेक्नोलोजी प्रालि, जीजी कर्पोरेसन प्रालि, लेन्समी अप प्रालि, नेपाट्रोनिक्स इन्जिनियरिङ सोलुसन प्रालि, क्विकफक्स कन्सल्टिङ प्रालि, रासन टेक्नोलोजिज प्रालि, स्टेलर कम्प्युटर सिस्टम प्रालि, टास्क सेवा प्रालि, अपटाउन प्रालि र यार्सा टेक प्रालि रहेका छन् ।

यस्तै उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनमा ब्ल्यांकसर, ब्लकचेन नेटवर्क फर ई-गभर्नेन्स, क्याटल मोनिटरिङ सिस्टम, डिजाइन एण्ड फ्याब्रिकेसन अफ इलेक्ट्रिक थ्रीह्विलर, ड्रेसन, दृश्य इपिसेन्टर होस्टिङ, इन्टर्नसाथी, लोचन, ओम्निकल, प्रष्ट नेपाली, स्पीड डिटेक्सन एण्ड नम्बर प्लेट रिकग्निसन र वेयरप्लान मिरर रहेका छन् ।

त्यसैगरी उत्कृष्ट १४ प्रडक्टमा विधि एचआरएमएस एण्ड पेरोल सफ्टवेयर, बिस्कुन डटकम, डीजीबज, ईमेडिवेयर, फास्ट बैंकिङ, जस्टचेक, खातापाना, मनिमित्र, निजी पावर, क्विकआरपीए, सफा नेपाल, सिंगेज प्लस र यात्री पी-वान रहेका छन् ।

उत्कृष्ट १२ ले छनौट प्रक्रिया अन्तर्गत अब स्टार्टअप एण्ड आइडिया फेस्ट, प्रिजेन्टेसन् र स्पिड डेटिंङ सेसनमा सहभागी हुनेछन् । उक्त सेसनहरुबाट उत्कृष्ट ५ को छनौट भएर पब्लिक भोटिंङ संचालन हुनेछ । सर्बोत्कृष्ट छनौटको लागि फिल्ड भिजिट समेत हुनेछ ।

यसैगरी ब्यक्तिगत अवार्ड विधा(बि)मा योनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड रहेका छन् । विधा सि अन्तर्गत डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड रहेका छन् ।

दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर साउथ एसिया स्टार्टअप अवार्ड २०२३ पनि संचालनमा रहेको छ । यी सबै विधाहरुमा छनौट प्रक्रिया संचालनमा रहेको छ । छनौट प्रक्रियाको लागि नेपालबाट १४ र अन्य देशका ४ जना जुरी सदस्य रहेका छन् भने १५ जनाको विशिष्ट सल्लाहकार समित गठन भएको छ ।

लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने आईसीटी अवार्डमा विभिन्न संस्थाहरूको सहकार्य रहनेछ । सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ । आईसीटी अवार्डको प्रि-इभेन्टको रूपमा काठमाडौंको बानेश्वर बैंक्वयटमा असोज १९ र २० गते स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम पनि सञ्चालन हुँदैछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *