इन्द्रजात्राको दिन पनि कृषि विकास बैंकको यी शाखा खुला रहने

काठमाडौं । कृषि विकास बैंकले इन्द्रजात्राको दिन (असोज ११ गते) पनि काठमाडौं उपत्यकाका विभिन्न शाखाहरु खुला राख्ने भएको छ । उक्त दिन उपत्यकामा सार्वजनिक बिदा भएपनि बैंकले विभिन्न शाखाहरु खुला गर्ने भएको हो ।

बैंकले बागमती प्रदेश कार्यालय अन्तर्गत त्रिपुरेश्वर, कोटेश्वर, स्वयम्भू, लगनखेल र सल्लाघारी शाखा खुला राख्ने जनाएको छ ।

उक्त शाखाहरु बिहान १० बजेदेखि अपराहन्न १ बजेसम्म खुला रहनेछ । सरकारले इन्द्रजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *