अब विदेशबाट आउनेले जुनसुकै टेलिभिजन ल्याउँदा पनि भन्सार तिर्नु नपर्ने

काठमाडौं । अब विदेशबाट आउने यात्रुले जुनसुकै प्रकारको टेलिभिजन ल्याउँदा भन्सार नलाग्ने भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुले जुनसुकै प्रकारको टेलिभिजन ल्याउँदा भन्सार नलाग्ने व्यवस्था गरेको हो ।

कार्यालयले आज सूचना जारी गर्दै श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था गरेको हो ।

तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउने कार्यालयले जनाएको छ ।

त्यस्तै, अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था गरेको छ । त्यसैगरी महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहना र पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्न नपर्ने कार्यालयको भनाइ छ ।

एकजना व्यक्तिले (महसुल तिर्नु नपर्नेः महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्राम बाहेक) थप २०० ग्राम सम्म सुनको गहना भन्सार विन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने कार्यालयले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *