काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्ललाई पछि पार्दै राष्ट्रिय टिमका कप्तानसमे रहेका पारस सचिव निर्वाचित भएका हुन् ।
अहिलेसम्म ७५ मतको गणना सकिँदा पारसले ४३ मत ल्याएका छन् भने प्रशान्तको ३२ मत छ । अब १० मत मात्रै गन्न बाँकी छ । त्यसैले मतगणना नसकिँदै पारस विजयी भएका हुन् ।
Artha Sanjal






