नेभ नेपालका सवारीसाधन खरिद गर्न कामना सेवा बैंकले कर्जा दिने

काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले नेभ नेपाल लिमडेटसँग गएको भदौ २६ गते सम्झौता गरेको छ ।

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र नेभ नेपालको तर्फबाट कार्यकारी अधिकृत सबिताकुमारी क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात नेभ नेपाल प्रालिका विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *