अर्थ सन्जाल
६ आश्विन २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
६ आश्विन २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

विश्व बैंकको अनुदानमा बागलुङ नगरपालिकाका तीन सडक कालोपत्र गरिने

  • अर्थ सन्जाल
  • १ आश्विन २०८०, सोमबार १७:२१


बागलुङ । विश्व बैंकको अनुदानमा बागलुङ नगरपालिकाका तीन सडक कालोपत्र गरिने भएको छ । विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच अनुदानका लागि सम्झौताका गरिएको थियो । सम्झौता अनुसार रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गरिने भएको हो ।

सम्झौताअनुसार उक्त अनुदान नगरपालिकाले भौतिक पूर्वाधार र सामाजिक कार्यमा खर्च गर्नुपर्नेछ । नगरपालिकाले भौतिक पूर्वाधारमा सडकको विकास नै पहिलो विकास भएको भन्दै उक्त अनुदानमार्फत तीन सडक कालोपत्रे गर्ने गरी काम अघि बढाएको हो । सम्झौता तीन वर्षपछि कार्यान्वयनमा आउन थालेको हो । जसअनुसार दुई वर्षभित्र ती सडकहरु कालोपत्रे भइसक्ने गरी बागलुङ नगरपालिकाले डिपिआरको काम सुरु गरेको छ ।

नगरपालिकाअन्तर्गतका तीन सडकहरु आठ मिटर चौडा बनाइनेछ भने १३ किलोमिटर लम्बाइमा कालोपत्र गरिने भएको हो । डीपीआर सक्दासाथ ठेक्कामा लैजाने गरी सडकको स्थल अनुगमन, नाप जाँच तथा विश्व बैंकका प्रतिनिधिले समेत अनुगमन गरिसक्नु भएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।

“दुई वर्षभित्रै तीन सडक कालोपत्रे गर्नेगरी डीपीआरको अन्तिम तयारी छ, एक महिनापछि डीपीआरको काम सकिन्छ । त्यसपछि तत्कालै ठेक्कामा जान्छ र सडक कालोपत्र गरिन्छ” श्रेष्ठले भने, “यस्तो अनुदान देशभरका जम्मा १७ नगरपालिकाले मात्रै पाएका छन् । नगरपालिकाभित्रका तीन सडक कालोपत्र हुँदा नगरलाई विकासमा टेवा पुग्न निकै सहज हुनेछ ।”

तीन वर्ष अघिदेखि थालिएको बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत डेढ वर्षभित्र तीनवटा स्तरीय सडक बनाइने उनको भनाइ छ । नगरपालिकाका अनुसार वडा नं ७ को मूलपानीदेखि तितौरेसम्म साढे आठ दशमलव ६ किमी, ओडारचौरदेखि ढोडेनीसम्म साढे दुई किमी र गणेशघुम्तीदेखि नीरयघाटको डेढ किमी सडक कालोपत्र गर्न लागिएको बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए ।

ट्रयाकमात्रै खुलेका उक्त तीन सडकहरु स्तरोन्नतिको पर्खाइमै थिए । सङ्घ र प्रदेश सरकारको प्राथमिकतामा नपरेका र स्थानीय सरकारले निर्माण गर्न नसक्ने सडक विश्व बैंकको अनुदानमार्फत पक्की बनाउन थालिएको हो । ती सडकहरु अत्यन्तै सुविधा सम्पन्न हुने र नवीनतम प्रविधि प्रयोग गरेर उक्त सडकहरु निर्माण गरिने छ ।

नगरपालिकाले मुकामदेखि तीनवटा वडामा कालोपत्र सडकले जोड्न पाउनेछ । विश्व बैंकको सहयोग निकायका प्रतिनिधि, परामर्शदाता, शहरी विकास मन्त्रालयको प्रोजेक्ट संयोजक रवीन्द्र बोहरा, सिटुटेक विधान जेभी कन्सल्ट्यान्ट तथा जिल्ला परामर्शदाताको टोली संयोजक रितु बस्नेतसहितको समूहले कालोपत्रे गरिने तीनवटै सडकको स्थलगत अनुगमन गरेर फर्कीसकेको बागलुङ नगरपालिकाले जनाएको छ ।

उक्त सडकहरु छ मिटरदेखि आठ मिटरसम्म चौडा हुनेछन् । सडकमा पर्ने घर तथा अन्य टहरा र संरचना हटाउने काम नगरपालिकाले गर्नुपर्ने छ । बैंकले नेपालभर १७ वटा नगरपालिकामा शहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रममा सहयोग गरेको छ ।

बागलुङ नगरपालिकालाई यसअघि समेत अनुदानमा सडक निर्माण गरेको थियो । उक्त अनुदान सहयोगमा बागलुङ नगरपालिका–४ कुडुँले हुँदै मुलपानीतर्फको चक्रपथ निर्माण गरिएको थियो । अहिले उक्त सडकलाई टुङ्गोमा पुर्‍याइने छ । स्थलगत अध्ययन अनुसार मुलपानीदेखि कालीमाटी जाने सडकमा छ वटा घरटहरा हटाउनुपर्ने देखिएको हो भने ओडारचौर सडकमा १३ घरको केही भाग हटाउनुपर्ने देखिएको छ ।

Artha Sanjal
मिती : १ आश्विन २०८०, सोमबार १७:२१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

ताजा समाचार

  1. एलओडीमा भारतीय ब्याण्ड ‘बम्बे भाइकिङ’ को लाइभ प्रस्तुति हुँदै
  2. ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी (निर्देशिकासहित)
  3. नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा पारस खड्का विजयी
  4. कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
  5. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह
  6. माइडियाले ल्यायो दशैँ तिहार अफर
  7. सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर गर्न अस्वीकार

विजनेश फोकस

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन नि...

कामना सेवा विकास बैकद्वारा वित्तीय साक्षरता कार...

चर्चित ब्राण्ड ‘होम्तो’ का सामान अब नेपालमा पनि

पोखराको चिप्लेढुंगामा मुक्तिनाथ क्यापिटलको शाखा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.