काठमाडौं । कारोबार खुलेको दुई घन्टाको अवधिमा सेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।
यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार मापक नेप्से १८.०७ अंकले बढेर १९६०.७६ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ३.६० अंकले बढेर ३७७.५१ बिन्दुमा पुगेको छ ।
कारोबार खुलेको २ दुई घन्टाको अवधिमा २६८ कम्पनीको १८ लाख ११ हजार ८३१ कित्ता सेयर खरिदबिक्री हुँदा ५८ करोड ३२ लाख भन्दाबढी रुपैयाँ बराबरको कारोबार भएको छ।
मेँछियम हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ७.१० प्रतिशतले बढेको छ ।







