नारायण थापा ‘कल्पित’ का दुई कृति बिमोचन

काठमाडौं । लेखक तथा साहित्यकार नारायण थापा कल्पितद्धारा लिखित दुई कृतिहरु शनिबार बिमोचन भएका छन् । शनिबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरि कृतिहरु सार्वजनिक गरिएको हो ।

शनिबार थापाका दुई कृति ‘चाँदनी’ उपन्यास तथा कथा संग्रह ‘उल्टो म’ को बिमोचना गरिएको हो । विमोचन कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले नेपालको साहित्य क्षेत्रमा थापाका कृतिहरुले थप इट्टा थप्ने काम गरेको बताए ।

उक्त कार्यक्रममा थापाद्वारा रचित दुई गितहरु समेत सार्वजनिक गरिएको थियो । ‘मूल्य त पाहिन्छ’ र ‘कौसिमा हेरेर’ बोलका दुई गितहरु सार्वजनिक गरिएको हो । ‘मूल्य त पाहिन्छ’ गीतमा संगीत तथा स्वर गायक जीवन ढुंगेलको रहेको छ । त्यसैगरी, ‘कौसिमा हेरेर’ गीतमा उमेश राउतको स्वर र संगीत रहेको छ ।

ग्रिन भ्यालि समाजका अध्यक्ष राम बहादुर कार्कीको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक तथा बरिष्ठ व्यक्तिहरुको उपस्थिती थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *