काठमाडौं । बिग बास लिग (बीबीएल) का लागि आज सम्पन्न खेलाडी अक्सनमा सन्दीप लामिछाने सहितका नेपाली क्रिकेटर अनसोल्ड भएका छन् ।
अक्सनमा रहेका ५ नेपाली क्रिकेटर नै अनसोल्ड भएका छन् । ड्राफ्टमा अटाएका नेपालका लामिछाने सहित देव खनाल, आसिफ शेख, आरिफ शेख र अर्जुन साउद अनसोल्ड भएका हुन् ।
आरिफ, आसिफ र देव पहिलो पटक कुनै पनि विदेशी लिगको ड्राफ्टमा अटाएका हुन् । यस संस्करणको बीबीएल डिसेम्बर ७ बाट सुरु हुदैछ ।







