लोकगीतले नेपाली समाज र संस्कृतिमा गहिरो जरा गाडेको छ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले लोकगीतले नेपाली समाज र संस्कृतिमा गहिरो जरा गाडेको बताएका छन् ।
राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित नारायण रायमाझी सांगीतिक साँझ २०८० लाई सम्बोधन गर्दै मन्त्री किरातीले लोकगीत नेपाली समाजको आदिम अभ्यास भएकाले यसले नेपाली समाज र संस्कृतिमा गहिरो जरा गाडेको बताएका हुन् ।

उनले भने,‘नेपाली समाजको आदिम अभ्यास हो लोकगीत यसले नै समाज र संस्कृतिमा गहिरो जरा गाडेको छ । गुरुङ मगर समुदायमा रोदी गाईन्छ । त्यसमा महिलाले नेतृत्व गर्दछन् भनिन्छ नेतृत्व मात्र होईन् मातृसत्तात्मक व्यवस्थाको परिचय पनि हो ।’

उनले आफ्नो स्व.बुबाको दुई महिनाको पेन्सन राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान लाई सहयोग गर्ने पनि बताए ।

बुबाको दुई महिनाको पेन्सन आफ्नो खातामा आएको र कसरी खाने होला भनेर नराम्रो लागेको अवस्थामा प्रतिष्ठानले कार्यक्रम आयोजना गरेर धेरै खर्च गरेको भन्दै सहयोग स्वरुप एक लाख रुपैयाँ सहयोग गर्ने बताएका हुन् ।

उनले भने,‘मेरो बुबा बितेर जानुभयो । उहाँको दुई महिनाको पेन्सन मेरो खातामा आएको छ । कसरी खाने होला जस्तो भएको छ । यो कार्यक्रममा माला लगाउने अतिथि नै यति धेरै हुनुन्छ संस्थाले भेल जस्तै पैसा बगायो मेरो बुबाको पेन्सनबाट एक लाख रुपैयाँ भोलि नै यो संस्थालाई दिन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *