काठमाडौं । नेपाल पत्रकार महासंघ सुनसरीका जिल्ला अध्यक्ष जनक ऋषि राई गौहत्याको अभियानमा खुलेआम संलग्न भएका छन् । ‘गाईगोरु काटेर’ भोज गर्नेको समूहमा समेत उपस्थित भएका राईले खुलेआम गौहत्या गर्न पाउनुपर्ने भन्दै वकालत गर्दै आएका छन् ।
जिम्मेवार पदमा बसेका व्यक्तिले नै कानुनले बर्जित गरेर गाईगोरुको मासु खान पाउनुपर्ने वकालत गर्दै हिडेका राईलाई नेपाल पत्रकार महासंघले सामान्य स्पष्टीकरणसमेत सोधेको छैन ।
राष्ट्रिय जनावर तथा हिन्दू धर्माबलम्बीले ‘माता’ मान्ने गाई तथा गोरुको बध गर्न नेपालको कानूनले निषेध गरेको छ । तर, कानूनी व्यवस्थाको धज्जी उडाउँदै केही व्यक्तिहरुले गाईगोरु काटेको र खाएको भन्दै सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका छन् ।
गौहत्याको आरोपमा पक्राउ परेका दुई व्यक्ति केही दिनअघि धरौटीमा छुटेका थिए । उनीहरुलाई स्वागत गर्न भन्दै धरानमा भोज गरिएको थियो । भोजमा गोरुको मासु खाएको भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा अपलोड गरिएपछि यसको चौतर्फी विरोध भइरहेको छ ।







