यस्तो छ आजको सुनचाँदीको बजारभाउ

काठमाडौं। नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४१५ रुपैयाँ कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *