सन्राइज फर्स्ट म्युचुअल फण्डद्वारा लाभांश घोषणा

काठमाडौं । सन्राइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ ।

सन्राइज फर्स्ट म्युचुअल फण्डले ईकाइधनीहरुलाई करसहित १६ प्रतिशतका दरले हुन आउने रकम १३ करोड ७६ लाख प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

लक्ष्मी सन्राइज बैंक लिमिटेडबाट प्रवर्द्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको उक्त फण्ड सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित छ ।

विगत ३ वर्षमा सन्राइज फर्स्ट म्युचुअल फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *