काठमाडौं । गुटशट स्नुकर एण्ड रेष्टुरेन्टद्वारा आयोजित ‘गुटशट स्नुकर टुर्नामेन्ट–२०२३’ को उपाधि लाक्पा छिरिङ शेर्पाले हात पारेका छन् । सोमबार सम्पन्न प्रतियोगितामा वाङदी शेर्पा र शक्ति राई द्वितीय र तृतीय बनेका हुन् ।
विजेताहरूले क्रमशः २५, १५ र १० हजारसहित शिल्ड र मेडल समेत प्राप्त गरे । प्रतियोगितामामा २८ जना स्नुकर खेलाडीहरूको सहभागिता रहेको आयोजक लाक्पाडेण्डी शेपाले जानकारी दिइन् ।
आयोजक शेर्पाका अनुसार स्नुकर खेलमा नयाँ अनुभव र खेलाडीहरु बीच एकअर्कामा परिचयात्मक गर्ने उद्धेश्यले टुर्नामेन्ट आयोजना गरेको बताए । इन्डोर गेमतर्फ विश्वव्यापीरुपमा ख्याती आर्जन गरेको स्नुकरप्रति युवा खेलाडीको अभिरुची बढेको कारणले प्रतियोगिताको आकर्षण बढ्दै गएको उनले बताए ।
स्नुकर टुर्नामेन्टमा उत्साहपुर्ण खेलाडीहरुको सहभागिता रहेका थियो । शेर्पाले यो दोस्रो टुर्नामेन्ट भएको र आगामी दिनमा खेललाई निरन्तरता दिने समेत बताएका छन् ।
यस गुटशट स्नुकर केहि वर्ष अधिदेखि व्यवसायिक रुपमा सञ्चालन हुँदै आएको छ । स्नुकर प्ले जोनमा खेलसंगै ब्यवस्थित रुपमा होटल पनि सञ्चालनमा रहेको छ ।




