आइएमई लाइफ इन्स्योरेन्सको सेयर आयो डिम्याट खातामा : कहिले हुन्छ कारोबार ?

आइएमई लाइफ इन्स्योरेन्सको सेयर डिम्याट खातामा आएको छ। सिडीएससीले आज बुधबारबाट लगानीकर्ताको खातामा सेयर पठाउन थालेको हो ।

डिम्याट खातामा सेयर आएसंगै अब नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएसंगै कम्पनीको सेयर खरिद बिक्री गर्न सकिने छ । कम्पनीको ILI सिम्बलबाट कारोबार हुने छ ।

कम्पनीले सर्वसाधारणलाई असार २१ गतेदेखि असार २५ गतेसम्म ९६ लाख कित्ता सेयर निष्काशन गरेको थियो । ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६.९१ रुपैयाँमा सेयर निष्काशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *