

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ३५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ४० रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal

अर्थ सन्जाल