माछापुच्छ्रे बैंकले भित्र्यायो क्यूआरमा भ्वाइस बक्स प्रविधि

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पल्ट क्यूआर प्रणालीमा भ्वाइस बक्स (इस्टेन्ट पेमेन्ट नोटिफिकेशन) प्रविधिको सुरुवात गरेको छ । बैंकले नेपाल राष्ट्र बैंक बैंकिङ विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट सुरु गरेको छ । नेपालमा यस्तो खालको प्रविधि प्रयोगमा ल्याउने पहिलो बैंक माछापुच्छ्रे बनेको छ ।

शुक्रबार (आजदेखि) क्यूआरमा भ्वाइस बक्स जडान गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो । अब माछापुच्छ्रे बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआरमार्फत् भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएससँगै ध्वनीमार्फत् हुने जानकारी लिन सकिन्छ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरु माझ क्यूआरप्रति लोकप्रियता एवं विश्वसनियता अझ बढ्ने बैंकको अपेक्षा छ। यसले भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकले जनाएको छ ।

यस सुविधाबाट हजारौं साना तथा मझौला क्यूआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । सो को प्रयोगले ग्राहक र मर्चेन्टहरुबीच देखिएका केही भुक्तानी सम्बन्धी विवादनिराकरण हुने विश्वास छ ।

हाल उक्त सेवा नेपाल पे क्यूआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिट्टै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जनाएको छ । यस बाहेक फरक फरक माध्यमहरुमार्फत् डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *