मनाङ एयरको हेलिकप्टर सोलुखुम्वुको लामाजुरामा दुर्घटना

काठमाडौं । लुक्लाबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामाजुरामा दुर्घटना भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो ।

उनका अनुसार घटना‍स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *