प्रभु बैंकले वितरण गर्यो बोनस शेयर

प्रभु बैंक लिमिटेडले यस वर्षको १२ प्रतिशत बोनस शेयर वितरण गरेको छ । बैंकले पुस १८ गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई वितरण गरेको हो ।

बैंकले पुस ४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको जानकारी दिएको छ । त्यसपछि शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा पनि क्रमश बोनस शेयर जम्मा गरिने जानकारी समेत बैंकले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *