काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख पतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भइरहेको तीन शीर्ष नेताहरूबीचको छलफलमा संघीय संसद्मा जारी अवरोध हटाउनेबारे कुराकानी भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डले असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलहरुले बुधबारयता सदन अवरुद्ध पार्दै आएका छन् । एमालेले प्रधानमन्त्री प्रचण्डले राजीनामा नै दिनुपर्ने अडान राखेको छ । रास्वपा, राप्रपालगायतले भने प्रधानमन्त्रीको जवाफ मागिरहेका छन् ।




