बालेनको प्रश्न : भारतीय गुलामहरुले देश चलाउँदै गर्दा म मात्र विरोधमा ?

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले प्रधानमन्त्रीमाथि भन्दा प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादित अभिव्यक्तिबारे बिहीबार साँझ सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

मेयर साहले दिल्लीको आदेश मान्ने सांसदको बहुमत सरकारमा रहेछन् भन्दै कटाक्ष गरेका छन् । उनले भारतीय गुलामहरुले देश चलाउँदै गर्दा आफू मात्र विरोधमा उत्रेको र आफू मात्र अदालतको अबहेलनामा परेको भन्दै अन्यलाई लाशको संज्ञा दिएका छन् ।

मेयर साहले लेखेका छन्, ‘हामीलाई प्रचन्डज्यु भन्दा प्रचन्डज्युलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथी शंका लायो, दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ, र म मात्र बिरोधमा ? र म मात्र अदालतको अबहेलनामा ? सबै जना मरेका लाशहरु हुन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *