काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टमा परेको फर्जी आवेदनका सम्बन्धमा थप छानबिन गर्न नेपाल प्रहरीसमक्ष सिफारिस गर्ने भएको छ।
धितोपत्र बोर्डले केही लगानीकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्तालाई भ्रमित पार्ने गरि अस्वाभाविक रुपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोले थप छानबिन गर्न नेपाल प्रहरीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। धितोपत्र बोर्डले फर्जी आवेदनका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ समितिको प्रतिवेदनका आधारमा यस्तो निर्णय गरेको हो।
त्यस्तै, धितोपत्र बोर्डले निष्कासन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदका लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकासित गरेकोमा समेत थप छानबिन गर्ने निर्णय गरेको छ।
धितोपत्र बोर्डले आस्वा सदस्य रहेको एनआईसी एसिया बैंकले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेको भन्ने सम्बन्धमा थप छानबिन गरी आवश्यक कारबाही अगाडि बढाउने निर्णय समेत गरेको छ ।




