मेगा बैंकको १ लाख भन्दा बढी संस्थापक शेयर लिलामीमा

मेगा बैंक नेपाल लिमिटेडले १ लाख २९ हजार ९१५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले विभिन्न सदस्यहरुको नाममा रहेको उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सुचना जारी गरेको हो ।

यी शेयर खरिदका लागि गैर संस्थापक शेयरधनीहरुबाट इच्छा व्यक्त भएपनि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्नेृ व्यवस्था बमोजिम बैंकले यो सुचना जारी गरेको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *