अर्थ सन्जाल
१६ आश्विन २०८०, मंगलवार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ आश्विन २०८०, मंगलवार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

सरकारको छ महिनामा पर्यटन क्षेत्रमा सुधार

  • अर्थ सन्जाल
  • १४ असार २०८०, बिहीबार २१:३२


सरकारले मुलुकको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा उल्लेख्य प्रगति हासिल गरेको छ । कोभिड–१९ महामारिले शिथिल बनेको पर्यटन क्षेत्र पुरानै लयमा फर्किएको छ । वर्तमान सरकार गठ भएको छ महिनामा पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा देखिने गरी सुधारका काम भएका छन् ।
सरकारले सार्वजनिक गरेको छ महिनाको प्रगति विवरणमा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा उल्लेख्य प्रगति भएको जनाइएको छ ।
पर्यटक आगमनमा उल्लेख्य सुधार भई सन् २०२३ जनवरीदेखि हालसम्म गत वर्षको सोही अवधिको तुलनामा दोब्बर सङ्ख्यामा पर्यटककको आगमन वृद्धि भई चार लाख ४६ हजार नौ सय ८९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अघिल्लो वर्ष सन् २०२२ मा छ लाख १४ हजार आठ सय ६९, सन् २०२१ मा एक लाख ५१ हजार र सन् २०२० मा दुई लाख ३० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भई सञ्चालनमा रहेको छ । विसं २०७९ पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त विमानस्थलको उद्घाटन गरेएका थिए ।
राष्ट्रिय गौरवको अर्को आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्नेसम्बन्धी कार्ययोजना तयार गरिएको छ । नेपाल वायुसेवा निगमले जेठ ३० गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालाम्पुर–भैरहवा उडान सुरु गरेको थियो । यसअघि कुवेतको जजीरा एयरले उडान गरिरहे पनि पछिल्लो समय प्राविधिक कारण जनाउँदै उडान स्थगित गरेको छ ।
भरतपुर आन्तरिक विमानस्थलको सुविधा सम्पन्न टर्मिनल भवन निर्माण र विमानस्थल विस्तार कार्यका लागि शिलान्यास भएको छ । विराटनगर र नेपालगञ्ज विमानस्थलको टर्मिनल भवन निर्माण कार्यको शिलान्यास भइसकेको छ ।
त्यसैगरी, नेपाल वायुसेवा निगमको आन्तरिक उडान विस्तार गर्दै काठमाडौँ–इलाम–काठमाडौँ नियमित साप्ताहिक उडान प्रारम्भ गरिएको छ । निगमका जहाजहरूको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट अनलाइन प्रविधिमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
हवाई दुर्घटना हुन नदिन सबै आन्तरिक वायु सेवा सञ्चालक कम्पनीहरूले हवाई जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोको सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको सरकारको प्रगति विवरणमा उल्लेख छ ।
चीन सरकारले कोभिड–१९ पछि नेपाललाई समेत समूह पर्यटक गन्तव्यको रूपमा खुला गरेको छ । यही असार ६ गते चीनको सिचुवान एयरले पोखरा क्षेत्रीय विमानस्थलमा पहिलोपटक सिधै चार्टर उडान सञ्चालन गरेको छ ।
जुगल हिमशृङ्खलामा पर्ने छ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरिएको छ । सो थप आरोहण खुला गरेका हिमालसहित कूल चार सय १९ वटा हिमाल आरोहणका लागि खुला भएका छन् ।
पर्यटन मन्त्रालय र मातहतका निकाय, विमानस्थल, सांस्कृतिक, धार्मिक, पर्यटकीयस्थलको सरसफाइसम्बन्धी निर्देशिका स्वीकृत गरी सरसफाइ कार्यलाई अभियानकै रूपमा सुरु गरिएको छ ।
पर्यटनमन्त्रीको संयोजकत्वमा बृहत् सरसफाइ अभियान कार्यक्रम सम्पन्न भएको, सोको निरन्तरताको रूपमा बौद्धनाथ क्षेत्रमा सरसफाइ अभियान सम्पन्न गरिएको तथा स्वयम्भू क्षेत्रमा साप्ताहिक सरसफाइ कार्य भइरहेको छ ।
पशुपति हिन्दू विश्वविद्यालय स्थापनार्थ सम्भाव्यता अध्ययन भई विश्वविद्यालय स्थापना तयारीका लागि कार्यदल गठन भई काम भइरहेको तथा रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनासम्बन्धी अध्ययन प्रतिवेदन प्राप्त भई विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको प्रगति विवरणमा जनाइएको छ ।
Artha Sanjal
मिती : १४ असार २०८०, बिहीबार २१:३२ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

युवासन्त श्रीनिवासाआचार्य पक्राउ

पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता

नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव

एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट

ताजा समाचार

  1. युवासन्त श्रीनिवासाआचार्य पक्राउ
  2. पर्यटकीय क्षेत्र खुम्बुको समस्या समाधानका लागि पहल गर्ने मन्त्री किरातीको प्रतिबद्धता
  3. नीति निर्देशनमा दबाब नदिन मुद्रा कोषलाई उद्योग परिसंघको सुझाव
  4. एमसीसीका सिईओ र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेट
  5. नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई
  6. महँगी र बेथितिविरुद्ध संसद्‍मा सांसदको प्रश्नै–प्रश्न
  7. बझाङ केन्द्रबिन्दु बनाएर लगातार ४ रेक्टरमाथिका ६ वटा भूकम्प

विजनेश फोकस

ठमेलकाे गामबेंसी दोहोरी साँझमा म्याद नाघेकाे बि...

सामसङको चाडपर्व अफर : समान खरिदमा ४१ प्रतिशतसम्...

एनआईसी एशिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित ग...

सेन्साईको दसैँ-तिहार योजना : कुनै पनि सामान किन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.