सिटिजन्स बैंकद्वारा ज्येष्ठ नागरिकको लागि भवन निर्माणमा सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालगन्ज स्थित ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धम्बोझी ०२, नेपालगन्ज स्थित उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेकोे जनाएको हो ।

बैंकले एक लाख एक हजारको चेक संस्थाका अध्यक्ष अजित कुमार शर्मा लाई हस्तान्तरण गरेको हो । ज्येष्ठ नागरिक क्लबमा १६५ जना सदस्यहरू रहेका संस्थाका अध्यक्ष अजितकुमार शर्माले जानकारी दिए ।

बैंकले १८४ वटा शाखा, १४१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *